अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


तनहुँ ।

आँबुखैरेनीमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐना पहरामा पहिरोले शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका रसडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा १ घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाणँले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।