उडानमा रोक लागेपछि सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख



काठमाडौं ।

सिम्रिक एयरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ। पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो।

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ। रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाकी रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्