गृहमन्त्री श्रेष्ठ र सभापति देउवाबीच भेटवार्ता



काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएकाे छ  ।

देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेकाे जनाएकाे छ  ।  शुक्रबार नै बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको बताएका थिए।

सभापति देउवाले भने यस विषयमा बोलेका छैनन्। कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्