सिरियामा आइएसको एक समुहले सेनाको बसमा आक्रमण, २० सैनिकको मृत्यु



दमासकस।

सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू बोकेको बसमा आक्रमण गरेको बताएका छन्।

सो आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ। सिरियाका केही भागहरूमा आइएस स्लीपर सेलहरूले २०१९ मा पराजित भए पनि अझै पनि घातक आक्रमणहरू गरिरहेका छन्।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी सहर मायादिन नजिकैको मरुभूमि सडकमा भएको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु भएको र १० जना घाइते भएको बताएको छ ।

पूर्वी सिरियामा समाचार कभर गर्ने अर्को कार्यकर्ता समूहले २० सैनिक मारिएको र धेरै घाइते भएको बताएको छ। यस आक्रमणमा सिरियाली सेना वा सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्