सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश



काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले कांग्रेस सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ ।  थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने  अदालतले आदेश दिएकाे हाे ।

न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्। नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेकाे थियाे ।

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्