को हुन् सुन तस्करी प्रकरणमा पक्राउ परेका २२ वर्षीय अदुकिया ?



काठमाडौँ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका २२ वर्षीय रोहन अदुकिया शुक्रबार पक्राउ परेका छन् । एयर इन्डिगोको फ्लाइट नम्बर 6E1155 (A20 N) उडान मार्फत शुक्रबार नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले दिउसो ३.२१ बजे पक्राउ गरेको हो । उनले  (z ६३९६४२) नम्वरको भारतिय पासपोर्ट प्रयोग गरेका थिए ।

अध्यागमनले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । नेपालबाट भारततर्फ तस्करी हुन लागेको सुन विभागको टोलीले साउन २ गते समाते पछि साउन ५ गते बिहान नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट अदुकिया भारततर्फ भागेका थिए ।

को हुन् पक्राउ परेका अदुकिया ?

२२ वर्षीय रोहन अदुकिया व्यापारी राजेश अदुकियाका छोरा हुन् । भारितय नागरिक भए पनि अदुकिया नेपालमै हुर्केका हुन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको सर्वाधिक खोजीको सूचीमा रहेका पात्र हुन् अदुकिया ।

हङकङबाट काठमाडौं आएको एक क्विन्टल सुन बरामद हुनु र व्यापारी अदुकिया पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएपछि सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ । हङकङको टुर शंकास्पद देखिए पछि उनको घरमा छापा मारेको भए पनि अदुकियाले भने देश छाडिसेकका थिए ।

उनका बाबु गोर्खा विकास बैंकमा भएका काण्डपछि शेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भएका थिए । त्यसपछि उनी सुनको अवैद्य धन्दामा लागेको हुनसक्ने आशंका गरिएको छ ।

गोर्खा विकास मार्फत सर्वसाधारणको करौडौं निक्षेप डुबाउने खेलमा पनि उनका बाबु राजेश अदुकियाको मुख्य भूमिका रहेको थियो । गोर्खा बैंक प्रकरणमा उनी पक्राउ परेर पुनरावेदन अदालतले अन्तरिम आदेश दिए पछि अदुकिया छुटेका थिए । उनी विरुद्ध बैंकिङ कसुरको मुद्दा भने कायमै रहेको छ । पछि उनले वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी समेत खोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्