जहाज उडान नहुँदा रिफर गरेको बालकको अस्पतालमै मृत्यु



सिमकोट । 

जिल्ला अस्पताल  सिमकोटमा एक छ महिनाको बिरामी बालको मृत्यु भएको छ।  बालकलाई निमोनिया, झाडापखाला र इन्फेक्सन भएपछि जिल्ला अस्पतालले जिल्ला बाहिर रिफर गरेको थियो ।

सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँका सुरज सुनारका छ महिनाका छोरा ईब्रान सुनार रहेका छन्। साउन १४ गते बालकलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो।

जटिल समस्या देखिएपछि रिफर गरिएका बिरामी सुनारको  अस्पतालमै मृत्यु भएको अस्पतालका सिनिअर अनमि सरिता बोहराले बताइन् । हुम्लामा उपचार हुन नसक्ने भन्दै रिफर गर्दा पनि समयमै जिल्ला बाहिरका ठूला अस्पतालमा पुर्‍याउन नसक्दा हुम्लामा छ महिने बालकको ज्यान गएको छ ।

नागरिक उड्डयान प्राधिकरणले उडान तालिका नयाँ लागू  गर्नु र मौसम समेत खराब भएको कारण हवाई सेवा अवरुद्ध हुँदा बिरामी बालकको शुक्रवार बिहान सात बजे अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ।

बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्ययान प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियम लागू  गरेकै  कारण बालकको मृत्यु भएको हो ।

बालकको अस्था जटिल भएकोले सिटीस्क्यान नगरी उपचार सम्भव थिएन, जिल्ला अस्पतालमा त्यो सुविधा छैन,जिल्ला अस्पतालले रिफर गर्‍यो, जहाज आएन दुर्भाग्य बचाउन सकिएन  जिल्ला अस्पातका चिकीत्सक रोशन रावतले  बताए ।

प्रतिक्रिया दिनुहोस्