नागरिकको ‘घर दैलो’मा प्रशासन



काभ्रे।

‘नागरिकको दैलामा प्रशासन’ भन्ने अभियानलाई सार्थक बनाउँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्ण अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएका छन् । प्रशासनले सरल, सहज र सृजनशीलतामा आधारित रहेर नागरिकहरुलाई घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यले धुलिखेल ४ स्थित पूर्ण अपाङ्गता भएकी १९ बर्षिया नम्रता थापा मगरलाई नागरिकता उपलब्ध गराएको हो ।

‘सेवाग्राही, सेवा प्रदायक र स्थानीय तहको समन्वयमा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको हकमा घर दैलोमा नै सेवा उपलब्ध गराउन तयार छौँ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘अहिले सदरमुकाम नजिकै भएकाले नम्रतालाई घरमा नै आएर सेवा उपलब्ध गरायौं । अन्य पालिकामा पनि यस्ता नागरिकहरु भएको अवस्थामा स्थानीय तहको समन्वयमा घरमा नै पुगेर आवश्यकतामा आधारमा नागरिकता उपलब्ध गराउने छौँ ।’

जिल्ला प्रशासन कार्यालयले हरेक दिन नयाँ र प्रतिलिपी गरेर दुई सय भन्दा धेरैलाई नागरिकता उपलब्ध गराउँदै आएको छ । नागरिकहरुलाई प्रशासनको सेवा सहज, सरल र सृजनशीलतामा आधारित हुन्छ भन्ने विश्वास बढाएको नम्रताका हजुरबुबा कर्णबहादुर थापाले बताए । ‘नातिनीलाई बोकेर लैजान असम्भव भयो । गाडी खोजेर लैजान पनि सम्भव भएन’–हजुरबुबा थापाले भने–‘प्रशासनमा सबै कागजात पु¥याएर अवस्थाका बारेमा बत्तायौँ । प्रशासनले मानवीय संवेदना राखेर प्रमुख जिल्ला अधिकारी घरमा नै आएर नागरिकता उपलब्ध गराई दिनु भयो ।’ प्रशासनले उपलब्ध गराएको सेवा प्रति गौरवान्वित भएको थापाले बताए ।

नम्रता जन्मँदै अपाङ्ग थिइनन् । बिस्तारै उनी अपाङ्ग हुँदै गइन । सुरु सुरुमा बोल्ने प्रयास गरे पनि सम्भव भएन । सामान्य आर्थिक अवस्था भएको परिवारले धेरै स्थानमा उपचारका लागि प्रयास ग¥यो सम्भव भएन । नियमितको फिजियोले पनि काम गरे । वडा सरकारले उपलब्ध गराउँदै आएको पूर्ण अपाङ्गता भएको कार्ड बन्यो । भत्ता पनि प्राप्त भयो । तर १६ वर्ष पुगे पछि नागरिकताका आधारमा मात्रै उपलब्ध हुने सेवाका लागि अनिवार्य भए पछि नागरिकता बनाउन पहल भए पनि उनलाई प्रशासन कार्यालय पु¥याउन नसक्दा सम्भव भएको थिएन । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रक्रिया पु¥याएर घरमै नागरिकता उपलब्ध गराइदिने बताए पनि नम्रताको आमा सिता थापा मगर र हजुरबुबा कर्णबहादुर थापा लगायतका आफन्त खुसीले गद्गद् भए । घरमा पनि बाहिर भित्र गराउन पनि कठिन छ । दिसापिसावका लागि पनि संकट छ । नम्रताको बुबाको २०७३ सालमा निधन भइसकेको छ । उनी जेठी छोरी हुन् । उनकी बहिनी कक्षा ८ मा अध्ययन गर्दै छिन् ।

नागरिकता वितरणका लागि प्रशासकीय अधिकृत  मीनराज थापा लगायत नागरिकता फाँटका कर्मचारीहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्