यूकेको नागरिक हुँ भन्दै टिकटकबाट प्रलोभनमा पारि ९२ हजार ठगी महिला पक्राउ



काठमाडौं । सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बाफतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपियाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्