आन्दोलनको बहानामा सेवाग्राहीलाई मर्कामा नपार्न अनेरास्वयुद्वारा ध्यानाकर्षण



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा कार्यरत कर्मचारीहरूले आन्दोलनको बहानामा सेवाग्राहीलाई मर्कामा नपार्न अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

हिजो (बिहीबार) त्रिवि जिल्ला कमिटीका संयोजक समीरराज विष्टद्वारा हस्ताक्षर गरिएको जारी विज्ञप्तिमार्फत ध्यानाकर्षण गराईएको हो ।

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिवि अन्तर्गतका डीन, परीक्षा नियन्त्रण कार्यालय र पाठ्यक्रम विकास केन्द्रलगायत सम्बन्धित कार्यालयबाट सेवाग्राहीलाई कार्यालय समयमा दिँदै आएको सेवा प्रभावित भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, विगत केही दिनदेखि आन्दोलनका नाममा भइरहेको ढिलासुस्ती तथा गैरजिम्मेवारी एवम् अमर्यादित क्रियाकलापप्रति अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको गम्भीर ध्यानकर्षण भएको छ ।

त्रिवि कर्मचारीको नाममा विश्वविद्यालयको कार्यालय समयभित्र दिइने सेवा प्रवाहलाई निस्तेज पार्दै सेवाग्राहीलाई मर्कामा पार्ने काम विद्यार्थीहरूका लागि सह्य नहुने अनेरास्वयुले बताएको छ ।

त्यस्तै उसले विश्वविद्यालयको सम्बन्धित कार्यालयबाट प्रवाह हुने सेवामा भइरहेको आन्दोलन तथा अवरोध, संवाद र छलफलको माध्यमबाट यथाशीघ्र अन्त्य गरी कार्यालयको सेवा नियमित र चुस्तदुरूस्त बनाउने वातावरण सिर्जना गराउन सरोकारवाला निकायसमक्ष माग गरेको छ ।

यद्यपि आफ्नो ध्यानाकर्षणप्रति त्रिवि कर्मचारी प्रशासनले बेवास्ता गरेमा विद्यार्थीको अधिकारका निम्ति अनेरास्ववियुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्