काठमाडौँको भोटाहिटीमा आगलागी (भिडियो सहित )



काठमाडौँ।

काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ। बिहीबार राति सुरु भएको आगलागी निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको प्रहरी वृत्त जनसेवाका इन्चार्ज डीएसपी भेषराज रिजालले जानकारी दिए।

अहिले आगो निभाउने प्रयास भइरहेको र क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए।

 

 

 

प्रतिक्रिया दिनुहोस्