अख्तियार प्रमुख राई र रिचार्ड नेफ्युबीच भेटघाट

भ्रष्टाचार नियन्त्रणमा साझा अभियानबारे छलफल



काठमाडौँ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अमेरिकाको द डिपार्टमेन्ट अफ स्टेट्स कोअर्डिनेटर अन ग्लोबल एन्टी करप्सनका रिचार्ज  नेफ्यूबीच बिहीबार आयोगमा   शिष्टाचार भेटघाट र  छलफल भएको छ ।

भेटका अवसरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रमुख आयुक्त  राईले आयोगको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्