प्रधान सेनापति शर्मा र इन्डोनेसियाका गैर आवासीय राजदूतबीच भेटवार्ता



काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इन्डोनेशियाका गैर आवासीय राजदूत हेरु हरतान्तो सुबोलोबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्