सांसद शर्मामाथि प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप



काठमाडौँ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो।

सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन्।

सांसद शर्मा  कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।

 

 

प्रतिक्रिया दिनुहोस्