नेपाल मनसुन : बाढीमा फसेकाहरुको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


काठमाडौं ।

अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढीमा फसेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

गत मंगलबार रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित लाल बकैया खोलामा फसेका चार जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो । सोही नगरपालिका ४ बस्ने ४४ वर्षीय शेख हुसेन, ५९ वर्षीय शेख दाउत र ४५ वर्षीय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको वहाव बढी खोलाको किनारमा फसेका थिए । उक्त जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको वहाव बढ्न गई अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको थियो ।

घाँस काट्न गएका उनीहरु एक्कासी पानीको वहाव बढ्न गई अड्किएको भन्ने जानकारी पाउनासाथै नं १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरि बलक सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 त्यसैगरी मंगलबार डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा अड्किएका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो  । सोही ठाउँ बस्ने १८ वर्षीय महेश भाट र १३ वर्षीय तेज भाट खोला तर्ने क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बीच भागमा अड्किएका थिए । सो लगत्तै बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।