ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले  अनुमति दिएको छ ।

उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हाे  ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यस  प्रकरणमा पक्राउ परेका  २० जना सीआईबीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्