संखुवासभा कैदी मृत्यु प्रकरण : कारागारकै ९ जना पक्राउ



काठमाडौं ।

संखुवासभा कारागारका दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले ९ जना कैदीलाई पक्राउ गरेकाे छ  । बुधबार दिउँसो आरोपी ९ कैदीलाई पक्राउ गरी छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका(७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको हो। बुधबार बिहान कारागारभित्र अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ। मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए। उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्