काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस (फोटो फिचर)



काठमाडौं ।

अन्तराष्ट्रियका आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा आज काठमाडौँमा नेपाल जनजाति महासङ्घले भृकुटीमण्डपबाट र्‍यालीसहित विभिन्न कार्यक्रमको आयोजनामा गरी मनाएको छ । यस अवसरमा महासङ्घले दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो

प्रतिक्रिया दिनुहोस्