राष्ट्रिय सभाको बैठकमा पनि एमालेको अवरोध



काठमाडाैं ।

राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेको छ।

बुधबारको राष्ट्रिय सभाको बैठकमा पनि सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै एमालेले राष्ट्रिय सभाको बैठक अवरोध गरेको हो।

अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्