प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा



काठमाडौ‌‌ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ ।

संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।

नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिम (श्रेष्ठ)का ब्यक्तिको नियुक्तीको लागि संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित १० दिनभित्रै उजुरी दिन अनुरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्