राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राइले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्यययन प्रतिवेदन २०८० बैठकमा पेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्