संसद्‌मा फेरि एमालेको अवरोध, अर्को बैठक भोलि १ बजे बस्ने



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले आज पुनः बैठक अवरुद्ध गरेको हो।

आजको बैठकमा सुरूमा सबै दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए। त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए।

गृहमन्त्री श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले बैठक अवरोध गरेको हो। एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकका कार्यसूची हटाएर अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्