मनोहरा खोलाकोबीच भागमा अड्किएका राईको सकुशल उद्वार



काठमाडौं । 
मनोहरा खोलाकोबीच भागमा अड्किएका एक जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ  ।
अविरल वर्षाको कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ र कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलकोबीच भागमा अड्किएका  सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको हाे  ।
खोटाङ जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षीय किरण राई उक्त खोलामा आएको बाढीले बगाएर पुलकोबीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा अड्काएका थियाे । गुहेश्वरी गण नं.२२ विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्