सवारी दुर्घटना हुँदा नौ जना घाइते



धनगढी । 

कैलालीको चौमाला नजिककै टिपर दुर्घटना भएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा टिपर दुर्घटना भएको हो।

कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको  भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर एकआपसमा ठोकिएका हुन्।

पूर्व–पश्चिम राजमार्गको गोप्कामा टिपर र ह्वीङगर आपसमा ठोकिँदा नौ जना घाइते भएका छन्। चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ। घाइते भएका नौ जनाको बडिमालीका  पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ।

प्रतिक्रिया दिनुहोस्