पोखरा।
नेकपा (एमाले ) गण्डकी प्रदेश कमिटीको जनसंगठनका केन्द्रीय पदाधिकारी ,केन्द्रीय सदस्य र प्रदेश अध्यक्षहरूको छलफल मंगलबार पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै उप -महासचिव पृथ्वीसुब्बा गुरुङले योजनाबद्ध कामले गतिशीलता दिने हुँदा उत्कृष्ट परिणामका लागि उद्देश्यमुलुक तवरले लाग्नुपर्ने बताए। जनजीविकाको सम्बोधनका लागि एकीकृत प्रयास चाहिने मान्यता अनुसार जनसंगठनहरू बनेको हुँदा अब एमालेको एकल बहुमतका लागि सबै लागि पर्न उनले आग्रह गरे।
उप महासचिव गुरुङले उत्पादनमूलक र निर्माणमूलक काम नै आजको आवश्यकता भएकोले संगठन निर्माणमा लाग्न आग्रह गर्दै पार्टी निर्माणका लागि युग सुहाउँदो काम चाहिने बताए। उनले समाजवादको बाटो हुँदै समृद्धिको गन्तव्यका लागि एकल बहुमतका लागि अबको तयारी हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका एमाले सचिव गोकर्ण विष्टले गतिशील पार्टी निर्माणका लागि सशक्त जनसङ्गठनबाट मात्रै सम्भव हुने भन्दै विगतका हरेक उपलब्धिहरू उनीहरूको दरिलो र भरिलो साथले मात्रै सम्भव भएको स्मरण गर्दै अब पनि जुझारु ढंगले लाग्नुको विकल्प नभएको उल्लेख गरे । सचिव विष्टले वर्ग संघर्षमा विजय हासिल गर्न सकारात्मक , ऊर्जाशील र रचनात्मक जनसंगठन अबको आवश्यकता भएको भन्दै सबै पक्ष क्षमताको समुचित समयानुकूल उपयोग र परिमार्जनमा समेत ध्यान दिन आग्रह गरे ।
स्थायी कमिटी सदस्य खगराज अधिकारीले जनसंगठन पार्टीका पोषण दिने जरा भएको हुँदा समन्वय प्रभावकारी बनाउन भेला उपलब्धिमूलक हुने उल्लेख गरे । उनले एमालेलाई भौतिक शक्ति जनसङ्गठनबाट प्राप्त हुने भन्दै हरेक ठाउँमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
जनबर्गिय संगठनका समन्वय संयन्त्र प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले जनतासङै रहने पार्टी भएको हुँदा हर बखत जनताको घर दैलोमै रहनुपर्ने र सबै जनबर्गिय संगठनका नेता कार्यकर्ता त्यसतर्फ केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सशक्तीकरणको आधार जनसंगठन भएको उल्लेख गरिन् ।
अनेमसंघका केन्द्रीय अध्यक्ष समेत रहेकी एमाले केन्द्रीय सदस्य टुकाभद्र हमालले संघर्षको मैदानमा विगतमा सबै जनसंगठन हातमा हात मिलाएर हिँडेको स्मरण गर्दै आउने दिनमा अझै बलियो सामूहिक गठजोड आवश्यक भएको जोड दिइन ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जनसंगठन गण्डकी संयोजक डा. सूर्य पाठक ,गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा ,नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बि.पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) गण्डकीका अध्यक्ष रुद्र खत्री , प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र प्रसाद पौडेल , अनेमसंघ गण्डकीका अध्यक्ष हिरा गिरी , प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनका अध्यक्ष सुरेश तिमिल्सिना , अखिल नेपाल किसान महासंघका अध्यक्ष गोबर्धन गौली , राष्ट्रिय जनसान्स्कृतिक महासंघका इन्चार्ज मन कुमार श्रेष्ठ,नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष निर्मल दियाली , अनेरास्ववियुका अध्यक्ष आरके पोख्रेल ,युबा संघका नेपालका संयोजक विकास अधिकारी , भूतपूर्व सैनिक संगठन अध्यक्ष शेर बहादुर जि . सि. , नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महा संघका अध्यक्ष सुजन लामा ,बुद्धिजीवी परिषदका अध्यक्ष चन्द्र बहादुर थापा ,पेसागत महासंघ गण्डकीका इन्चार्ज आर पी खनाल लगायतले आ आफ्नो संगठनका गतिविधि र भावी योजना सहितको साङठनिक प्रतिवेदन पेश गरेका थिए।
नेकपा (एमाले ) गण्डकी प्रदेश कमिटीका जनसंगठन विभाग प्रमुख तथा एमाले गण्डकीका उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उप- सचिव मञ्जु अधिकारीले गर्नु भएको प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।











प्रतिक्रिया