भक्तपुर हनुमानघाट डुमानमा, शव जलाउन समस्या



काठमाडौं ।

काठमाडौं उपत्यकामा सोमबारदेखि लगातार बर्षाको कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्रमा शव जलाउन समस्या भएकाे हाे  ।

भक्तपुरको सिद्धि स्मृति अस्पताल समेत जलमग्न छ । अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले अहिले पानीको बहाव घट्दो क्रममा रहेको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्