दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते, तीनको अवस्था गम्भीर



काठमडौं ।

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका-७ को तिलामा  बस दुर्घटना हुँदा  १५ यात्रु घाइते भएको प्रहरीले  जानकारी दिएकाे छ  ।

रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार घाइते १० पुरूष र पाँच महिला उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसकेकाे छ भने  ३ जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको उनले बताए। थप विवरण आउन बाँकी छ  ।

प्रतिक्रिया दिनुहोस्