कालिकोट । खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा कामदारहरुले मजदुरी गरेको ज्याला नपाएको भन्दै समोबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सोही ठाउका स्थानीय ३५ जन दक्ष तथा अदक्ष कामदारहरूले योजना असार १९ गते कार्यसम्पन्न भइ उपभोक्ता समितिले भुक्तानी लिए पनि मजदुरी गरेको ज्याला नपाएपछि प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिलाई ध्यानाकर्ष पत्र बुझाएका हुन् ।
नगरपािलका मार्फत आरसिसि कृषि सडकको जिम्मा लिएको उपझोक्ता समितिका अध्यक्ष विनोद विक,कोषाध्यक्ष सावित्रा आचार्य र सदस्य सत्यप्रसाद आचार्यले १८ लाख रुपियाँ भुक्तानी आफैँले लिएर हिनामिना गरेको पीडित मजदुर नरदल विकले आरोप लगाउनु भएको छ । उहाँले योजनाका सवै रकम भुक्तानी लिए पनि कसैलाई पनि एक रुपैयाँ ज्याला नदिएकोले न्यायको खोजीमा जिल्ला प्रशासन आउनु परेको वताउनु भयो ।
ज्याला नपाएका मजदुरहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माझिले तत्काल पत्र प्रहरीमा पठाएर उपभोक्ताहरुलाई झिकाएर सम्सयाका वारेमा बुझनुका साथै समाधानको वाटोमा जाने प्रतिवद्धता जनाउनु भएको छ ।
यसका वारेमा उपभोक्ता समितिका अध्यक्ष विनोद विकले नगरपालिकाबाट भुक्तानी भए पनि रकम अपुग भएका कारण कामदारको ज्याला दिन नसकिएको प्रतिक्रिया दिनु भयो ।
प्रमुख जिलला अधिकारीलाई बुझाइएको ध्यानाकर्ष पत्रमा कामदारहरुको ज्याला पाउने वातावरण मिलाइ ज्याला ठगि गर्नेलाई कानूनी कार्वाहिको माग गरिएको छ ।











प्रतिक्रिया