काठमाडौंमा गएरातिदेखि अविरल वर्षा : वागमतीमा बाढी, नदी किनारका बस्ती जोखिममा



काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षापछि वागमती नदिमा भीषण बाढी आएको छ । बाढीका कारण नदी किनाराका बस्तीहरु जोखिममा परेका छन् ।

त्यस्तै काठमाडौं उपत्यका गौरीगाट, युएनपार्क, थापाथलीलगायत ठाउँहरुको आुसपासमा बाढी कसेको छ ।

बाढीकै कारण सुकुम्बासी बस्तीहरुमा पनि प्रभावित बनेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । वागमती नदी तटीय आसपासमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्