पार्किङ शुल्क लिन नपाउने कामपाको निर्णय कार्यान्वयन नगर्न अदालतको अल्पकालीन आदेश



काठमाडौँ।

काठमाडौं महानगरपालिकाले व्यापारिक भवनहरूलाई पार्किङबापतको शुल्क लिन लगाएको रोक कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी हो ।

काठमाडौँ महानगरपालिकाले गत साउन १० गतेदेखि लागू हुने गरी व्यापारिक कम्प्लेक्सहरुलाईले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । यसविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनलेउच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिटमा महानगरको निर्णय खारेजीको माग गरिएको थियो । अदालतले दुवै पक्षलाई ३० गते अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्