डर त्रास दिई व्यवसाय सञ्चालन गर्न अवरोध गर्ने व्यक्ति पक्राउ 



काठमाडौँ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डर त्रास दिई व्यवसाय सञ्चालन गर्न अवरोध गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा का.म.न.पा. १७ ठहिटि  बस्ने ५२ वर्षीय दिपक मान्नधर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका मान्नधरले  नेपाल कम्युनिष्ट पाटीको काठमाडौँ जिल्ला सेक्रेटरी भएको बताउदै कामनपा  ३० रातोपुल स्थित एनआरके  फिटनेस जिमहलमा यही साउन १७ गते दिउँसो  प्रवेश गरी कर्मचारीहरु तथा जिम गर्दै गरेका व्यक्तिहरुलाई बिभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न रहेको पाइएकोले खोजतलास गर्दै जाँदा उनलाई  आइतबार दिउँसो काठमाण्डौको  दरवारमार्गबाट प्रहरीले  पक्राउ गरेको हो।

पक्राउ परेका मान्नधरलाई  अपराधिक लाभ लिन नहुने सम्बन्धी कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको र सो सम्बन्धमा  थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्