संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ : सभापति लामिछाने



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएपछि सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु:खद ।’

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्