मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर ताप्लिङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने  ३८ वर्षीय रविन्द्र राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

राईले एकजनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्