राजस्वले सुन प्रकरणमा पक्राउ परेका १७ अभियुक्त र अनुसन्धान फाइल सीआईबीलाई बुझायो



काठमाडौं ।

एक सय किलो सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाएको छ।

यसको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई दिएसँगै मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्साल लगिएको छ।

प्रहरी प्रधान कार्यालय नक्साल पुर्‍याएपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई जिम्मा दिन लागेको हो।

अनौपचारिक रूपमा सिआइबीले शनिबारदेखि नै अनुसन्धान थालेकाे  थियाे। त्यसपछि नै विभागले प्रहरी र महान्यायाधिवक्ता दिनमणि पोखरेलसँग छलफल गरी प्रहरीलाई अनुसन्‍धान गर्ने जिम्मा दिएको हो। विभागले अहिलेसम्म यस प्रकरणमा १८ जनालाई पक्राउ गरेको छ। जसमध्ये एक जना हाजिर जमानीमा छुटेका छन्।

प्रतिक्रिया दिनुहोस्