क्यानडा पठाईदिन्छु भनी १० लाख ठगी गर्ने एक महिला पक्राउ


काठमाडौं ।

क्यानडा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ६ घर भई हाल काठमाडाैं बुढानिलकण्ठ नगरपालिका- ३ बस्ने २७ वर्षीय फुलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हाे।

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनि नवराज घिमिरेबाट दश लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । क्यानडा पुगेपछि मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी तिन लाख चौहत्तर हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकाे पीडीतकाे भनाइ छ  ।

पीडितले वैदेशिक रोजगार विभाग उपस्थित गराइदिन हुन भनी पत्राचार गरेका थिए  । उक्त  कार्यालयबाट खटिएको प्रहरी टोलीले फुलमाया जिरेललाई खोजतलासकाे क्रममा  मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे छ  ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।