द क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?



कुश्मा । विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ ।

करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो ।

‘बिले गाइड’को मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ ।

आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् ।

कति लाग्छ शुल्क ?

द क्लिफको ‘ब्रीज प्रवेश शुल्क’ ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

कसरी पुग्ने ?

पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ । आफ्नो सवारीसाधनमा जाँदा डेढ घण्टामा सहजै पुगिन्छ । पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान आन्नपुर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमीटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्