बाटोमा चिप्लिएर लड्दा एक जनाको मृत्यु



सिन्धुली।

सिन्धुलीमा शुक्रवार बाटोमा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका – ४ पोखरेल गाउँका अन्दाजी ५५/६० वर्षका फौद बहादुर सार्कीको मृत्यु भएको हो ।

देउराली धारा भन्ज्याङमा बाटो हिंडने क्रममा चिप्लिएर लड्दा ढुङ्गामा ठोक्किँदा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । मृतक सार्कीको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्