आइप्यानको अध्यक्षमा केसी 



 काठमाडौँ । 

अन्तराष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन्  । शुक्रबार राजधानीमा आयोजित साधारण सभामा उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

 कार्यसमितिको निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः समिर थापा, मिथिलेशकुमार  झा, विज्ञान श्रेष्ठ, रेष्टा झा, रितल राणा र शैलजा अधिकारी निर्वाचित भएका हुन्  ।

 सदस्यहरुमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा  र रवि फुयाँल रहेका छन्  । कार्यसमितिको सल्लाहकारमा पूर्व अध्यक्ष पंकज जलान र समिर थापालाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष केसीले आउँदो दिनमा संस्थालाई थप व्यवस्थित र व्यावसायीक बनाउने  प्रतिबद्धता व्यक्त गरे ।

अघिल्लो कार्यकालका अध्यक्ष समिर थापाको टिमको लगातारको मेहेनतबाट संस्थाले प्रगति हासिल गरेको बताउँदै आफ्नो  कार्यकालमा थप मजबुत बनाउने प्रतिबद्धता जनाए । संस्था अन्तर्गत हालसम्म ८६ वटा कलेज सञ्चालित छन् । ती कलेजमा वार्षिक करिब २८ हजार विद्यार्थी अध्ययनरत छन् ।

 उद्घाटनसत्रमाआइप्यानका अध्यक्ष समिर थापाले सांगठनिक र कोषाध्यक्ष रितल राणाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा बोल्दै संस्थापक अध्यक्ष एवं सल्लाहकार पंकज जलानले देशको शैक्षिक उन्नयकको लागि संस्थाको गतिविधिलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । इजोनका अध्यक्ष रविचन्द्र पराजुलीले आइप्यानभित्र देखिएको विकृति र विसङ्गतिलाई हटाउनुपर्ने बताए भर्ना प्रक्रिया देखि पढाइको अवस्थासम्मलाई पारदर्शीरुपमा अघि बढाउँदा संस्थामा थप लोकप्रियता बढ्ने उनले  बताए । अध्यक्ष थापाले आफ्नो कार्यकालमा करको दर घटाएको,लामो समयदेखि स्थगित भएका कार्यक्रम स्वीकृत गर्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्