प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस



काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि सर्वोच्च अदालत वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधान्यायाधीशको लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६५ वर्षको उमेर हदले गर्दा यही श्रावण २० गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । परिषद्को सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाई विशेष समितिमा पठाउने छ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नहुनेछ ।

त्यसै गरी बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवेदन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ । यसका लागि इच्छुकहरूको आवेदन माग गर्न १५ दिनको सूचना निकालिने छ ।

प्रतिक्रिया दिनुहोस्