टेलिकमका प्रबन्ध निर्देशक पौडेल तीन दिनदेखि बयान दिँदै



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलसँग तीन दिनदेखि बयान लिइरहेको छ । प्रबन्ध निर्देशक पौडेलले ‘नेसनल पेमेन्ट गेट वे’ खरिदमा करोडांै अनियमिता गरेको आरोपमा अख्तियारले छानबिन गरिरहेको हो ।

अख्तियारको अनुसन्धान टोलीले प्रबन्ध निर्देशक पौडेलसँग मंगलवारदेखि लगातार बयान लिइरहेको जानकारी दिँदै रका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने– ‘मंगलवारदेखि लगातार बयान लिइरहेका छांै । बुधबार र बिहीबार पनि बयान लियांै, बयान अझै सकिएको छैन, जारी छ । ’

स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा सुनिलको नेतृत्वमा भएको नेसनल पेमेन्ट गेटवे खरिदमा करोडौं अनियमितता गरेको भन्दै उहाँविरुद्ध अख्तियारमा उजुरी परेपछि छानबिन थालिएको थियो । पौडेलसँगै अख्तियारले उक्त घोटालामा संलग्न अन्य व्यक्तिको बयान लिइसकेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हालेको मुद्दाको नजिरले नेसनल पेमेन्ट गेटवेमा सुनिलमाथि भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना बढेको जनाइएको छ ।

अख्तियारले विकलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रणको पूर्वाधार खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाएको थियो ।

अख्तियारले सुनिलको नेतृत्वमा खरिद गरेको नेसनल पेमेन्ट गेटवेमा पनि अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्