उत्पीडित जातिय मुक्ति समाज कमिटीद्वारा बझाङ घटनाप्रति ध्यानाकर्षण



काठमाडौं । 

जातीय मुक्ति समाज जिल्ला कमिटी काभ्रेले बझाङमा भएको घटनाप्रति दोषीलाई कारबाही गर्न माग गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख पुण्य बिक्रम पौडेल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेको छ।

गत साउन १० गते बाहुन समुदायले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइ दिएका थिए । त्यसैगरी कैलालीको गैरीगङ्गा नगरपालिका–७ की सरस्वती खड्का र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको पीडाबारे पनि उक्त पत्रमा उल्लेख छ।
जातीय विभेदका घटनामा संलग्न सबै व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न उनीहरुको माग छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख पुण्य बिक्रम पौडेलले आतबार एक कार्यक्रम आयोजना गरी छुवाछुत मुक्त जिल्ला घोषणा गरी व्यानर समेत कार्यालयमा राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्