चन्द्रागिरिमा मारूती भ्यान भीरबाट खस्यो, दुई जनाको मृत्यु



काठमाडौँ।

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठाेकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोले जानकारी दिएको छ।

थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।
गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको प्रहरीले बताएको छ।

गाडी सडकबाट खसेर भीरको बीचमा अड्किएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्