अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरूद्ध पक्राउ पूर्जी जारी



काठमाडौँ।

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध केही दिनअघि तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पाण्डेले आफ्नो समुदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ र मगर समुदायका विभिन्‍न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिएका थिए। उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गरिएको छ।

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

यसअघि एक टेलिभिजन अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्