अदालतको सम्मान गर्छु : हर्क साम्पाङ



काठमाडौँ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । व्यक्तिको नाम जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्।

‘अदालतलाई सम्मान गर्छु!’, साम्पाङले भनेका छन्।

भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य गरेको भन्दै धरान–४ की रोजिना अधिकारीले मेयर साम्पाङविरुद्ध रिट दायर गरेकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मिलन राईको एकल इजलासले सो आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्