कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन्।

उनले आज अपराह्न चार बजे केन्द्रीय कार्यसमिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

गत साउन २ बाट केन्द्रीय कार्यसमितिको बैठक जारी छ। अब बैठकमा उठेका विषयमा सभापतिले जवाफ दिन बाँकी छ। हिजो बसेको बैठकमा महामन्त्री र उपसभापतिहरूले जवाफ दिएका थिए। त्यपछि देउवाले बैठक भोलिसम्मका लागि स्थगित गरेका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।