बिल बिजक भन्दा बढी र फरक सामान बोकेको चारवटा ट्रक प्रहरी नियन्त्रणमा 


पर्सा। 

जिल्लाको वीरगन्ज महानगरपालिका ८ घण्टाघर हिलाकाबाट सशस्त्र प्रहरीले करिब १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामान सहित चारवटा ट्रक नियन्त्रणमा लिएको   छ ।

बिलविजक भन्दा बढी र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा  १३ नम्बर गण पर्साले वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक सोमबार  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवेयर र कम्प्युटरका पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामान सहितका ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।