सहमहामन्त्री डिनाको प्रश्न- हाम्रा साथीलाई आरोप लाग्दा पक्षमा उभिने कि नउभिने?



काठमाडौँ।

नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले पार्टीका साथीलाई कुनै आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरेकी छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपाध्यायले नेता बालकृष्ण खाणको नाम नलिई कुनै साथीलाई आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्ने प्रश्न गरेकी हुन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा खाण कारागारमा छन्।

उपाध्यायले भनिन्,‘आफ्नै साथी त्यहाँ (थुनामा) पर्दै गर्दा पक्षमा उभिने कि नउभिने?,’ उनले प्रश्न गरिन्, ‘जिल्लामा कुनै साथीलाई कुनै आरोप लाग्दा पक्षमा उभिने कि नउभिने?’

उनले अदालतमा रहेको विचाराधीन मुद्दालाई बहसको विषय बनाइएको पनि बताइन्।साथै उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको बताइन्।

प्रतिक्रिया दिनुहोस्