एकैपटक २६ जना सहसचिवको सरुवा, को कहाँ (सूचीसहित)



काठमाडौँ।

सरकारले २६ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एकैपटक २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो ।

सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने संघीय मामिलाका प्रदीपराज अधिकारीलाई सञ्चारमन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै नुरहरी खतिवडा आदिवासी जनजाति आयोगको सचिवमा सरुवा भएका छन् भने ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका छन् । रामकुमार महतो जाजरकोटको सीडीओबाट संघीय मामिलामा सरुवा भएका छ भने आस्मान तामाङ अख्तियारमा गएका छन् ।

हेर्नुहोस् सूची

 

प्रतिक्रिया दिनुहोस्