नेताहरूलाई गाली गलौज गरेर खुइल्याउने काम नगरौं : प्रवक्ता महत



काठमाडौँ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन्।

आइतबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गाली गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले पनि कहीबाट गर्न नहुने उनले बताए।

आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए । पार्टीभित्र अनुशासनको आवश्यकता रहेको उनको जोड थियो ।

एक चित्तले पार्टी संगठनमा लाग्नुपर्ने भन्दै उनले नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न नसक्ने जिकिर गरे । पार्टीभित्र मतभिन्नताहरू भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्