चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य काठमाडौँमा



काठमाडौँ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का पोलिटब्यूरो सदस्य युआन च्याच्युन नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्। । च्या २५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आएका हुन् ।

उनीहरुलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगाएतले स्वागत गरेका थिए ।

उनकाे नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्